१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न लामा पक्राउ   



२० फागुन ०७८, काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।

एउटा मिर्गाैला झिक्दा खासै फरक नपर्ने रु आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले भारत लैजान ठीक पारिएका उनीहरूलाई उद्धार पनि गरेको थियो ।

पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।