२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थुम्कीका केसी अवैध लागूऔषधसहित पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२३ फागुन ०७८, काभ्रे ।  काभ्रेपलाञ्चोक, पनौती नगरपालिका(१ थुम्की बस्ने ४५ वर्षीय रामकृष्ण केसीलाई करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केसीले आफ्नै घरमा अवैध रुपमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले घर तलासी गर्दा बोराभित्र लुकाइ राखिएको अवस्थामा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।