११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


साढे दुई करोड ठगी गरेको आरोपमा एक जना पक्राउ



काठमाडौं । चैत ८ गते
प्रहरीले ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गा÷जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।