९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री गायत्री (डाली डी क्रुज)को निधन



काठमाडौं । चैत ८ गते
भारतको तेलगु भाषाको वेब सिरिज ‘मैडम सर मैडम अंते’ बाट चर्चा बटुलेकी मा आएकी अभिनेत्री गायत्री (डाली डी क्रुज)को निधन भएको छ।अभिनयसँगै युट्युबमार्फत पनि चर्चामा रहेकी गायत्री तेलगु भाषि दर्शकमाझमा निकै लोकप्रिय थिइन्। उनका थुप्रै लघु चलचित्रहरु पनि सार्वजनिक भइसकेका छन्।

उनको सडक दुर्घटनामा निधन भएको हो भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तयस्तै गायत्रीकी सहकर्मी सुरेखा बाणीले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर पुष्टि गरेकी छिन्। गायत्री आफ्नो साथीसँग भारतको हैदराबादस्थित गाचीबौली क्षेत्रमा सवार थिइन्। होली मनाएर घर फर्किरहँदा उनीहरुको दुर्घटना भएको हो। उनका साथी राथोडले चलाइरहेको गाडी अचानक नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा २६ वर्षिया गायत्रीको घटनास्थलमै निधन भएका छ भने उनका साथीको उपचारका क्रममा निधन भएको छ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ४३ बजे