९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


महालक्ष्मी नगरमा एमालेबाट मेयरका बलियो आकाक्षी आचार्य, श्रेष्ठद्वय प्रतिश्पर्धी




९ चैत ०७८, ललितपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको उत्तरपुर्वी महालक्ष्मी नगरको मेयर पदका बलियो आकाक्षीको रुपमा स्थानीय नेता चिरिञ्जिवी आचार्य देखिएका छन् ।
नेकपा एमालेको वागमती प्रदेश कमिटि क्षेत्र नं २ का इन्जार्ज चिरञ्जिवी आचार्यले मेयरको टिकट पाउने पंत्तीमा आफू अघिल्लो घेरामा रहेको दावी गर्छन् ।
यस क्षेत्रमा निरन्तर रुपमा नेवारी समुदायबाट मात्रै जनप्रतिनिधि निर्वाचित भइरहेको सन्दर्भमा अन्य क्षेत्र समुदाय र भूगोलबाट पनि जनप्रतिनिधि आइदिए हुन्थ्यो भन्ने कार्यकर्ताहरुमा चर्चा हुने गरेको छ । आचार्य आफू यसै सेन्टिमेन्टको उपभोग गर्ने दाउमा छन् । लामो समयसम्म पार्टीले क्षेत्र र समुदायलाई मिलाउन नसकेकोमा कार्यकर्ताहरुमा असन्तुष्टि रहेको उनी बताउछन् ।
एमालेबाटै मेयरको आकाक्षीमा ०७४ को स्थानीय निर्वाचनमा विजयी रामेश्वर श्रेष्ठ समेत रहेका छन् । तर श्रेष्ठको व्यावहारका कारण स्थाीय क्षेत्रका कार्यकर्ताहरुले उनलाई रुचाएका छैनन् ।
एमालेका महालक्ष्मी नगर अध्यक्ष हरिगोविन्द श्रेष्ठ पनि मेयरको दौडमा छन् ।
नेपाली काँग्रेसबाट महेश खड्का,पवनविक्रम थापा र नगर अध्यक्ष दिवाकर सिलवाल आकाक्षी छन् ।
केन्द्रिय सदस्य हरिकष्ण व्यञ्जनकार र स्थायी समिती सदस्य सुशीला नेपाल नगर अध्यक्ष हरिगोविन्द श्रेष्ठलाई मेयर पदमा ल्याउन चाहन्छन् भने जिल्ला अध्यक्ष पुरुषेत्तम आचार्यको जोड भने चिरञ्जीव्वी आचार्यलाई अघि बढाउदा मेयर जित्ने बुझेर अघि बढ्ने तयारीमा छन् ।
उता रामेश्वर श्रेष्ठले मेयर हुँदा कार्यकर्तामा राम्रो छाप नसक्दा धेरै रुष्ट रहेको एमाले भित्र चर्चा हुने गरेको छ । उनी सधै टिपटप भएर कार्यालयको कुर्सीमा बस्न रुचाउने कार्यकर्तामा नभिज्ने स्वभावका कारण निर्वाचनमा उठे पनि नजित्ने अवस्था रहेको बताइन्छ ।तर मेयर श्रेष्ठ भने आफूले धेरै विकाशको काम गरेर जनताको मन जितेको बताउदै आएका छन् ।
नेकपा समाजवादीबाट उपमेयर समेत रहेकी निर्मला थापा, नकुल थापा,नन्दकुमार न्यौपाने आकाक्षी छन् । माओवादी केन्द्रबाट शिव कट्ेल र विजय बानियाँ आकाक्षी छन् ।
तालमेल नभएको अवस्थामा महालक्ष्मीमा नेकपा एमाले बलियो अवस्थामा छ । अन्य पार्टीले तालमेल गरे एमालेले यस ठाँउमा मेयर पद गुमाउने अवस्था आउन सक्छ ।
यस क्षेत्रमा माओवादी र एककृत समाजवादी मिल्न सक्ने अवस्था छ । यसो भएमा धेरैजसो जनप्रतिनिधि नेपाली काँग्रेसले लैजाने र केही पद एमाले र माओवादी र समाजवादीको हात पर्ने सम्भावना रहेको चर्चा छ ।
स्थानीय एमाले कार्यकर्ताहरु बलियो अवस्थामा तत्काल काँग्रेस अन्य दलसँग तालमेल गर्ने सम्भावना नरहेको बताउछन् । समाजवादीसँग मिलेर जाने अवस्था पनि राजनीतिक रुपमा नभएको तर माओवादीसँग मिलेर जाने अवस्थामा नेकपा एमालेले जित्ने उनीहरुको मत छ ।
नेकपा एमालेको मतभेद हुँदाका अवस्थामा माधव नेपालको कित्तामा रहेका आचार्य पार्टी विभाजनको विपक्षमा उभिदै दलबल सहित एमाले नेतृत्वको केपी ओलिको कित्तामा फर्केका थिए ।
उनी पार्टीभित्रको त्यो मतभेदलाई निर्वाचनको बेला सौतिनी व्यावहार नहुने विश्वास रहेको बताउछन् । ‘बाहिरबाट चौतर्फी घेराबन्दी गरेर हामीलाई सिध्याउने योजनाबद्ध काम भइरहेको छ । निर्वाचनको बेला यस्तो भित्रैबाट खेल भए बुझ्नुस् एमाले पार्टी सकियो’ उनी भन्छन् ।
आचार्य सास्कृतिक आन्दोलनमार्फन राजनीतिमा जोडिएका थिए । ०४६ साल अघि प्रजातन्त्रको पक्षमा नाटक खेल्दै जनजागरण ल्याउन उनको भूमिका थियो । ०४५ सालमा अनुरास्ववियुबाट राजनीतिमा छिरेका थिए । उनी ०५२ सालमा लामाटारको पार्टी सचिव थिए । ०५४ सालमा लामाटार गाविसमा दुईतिहाई भन्दा धेरै पपुलर भोट ल्याएर निर्वाचन जितेका थिए । ०६२÷६३ सालको आन्दोलनमा उनी यस क्षेत्रको कमाण्ड गरेर आन्दोलनमा होमिएका थिए ।
जिल्ला कमिटी सदस्य समेत रहेका महालक्ष्मी नगरका मेयर श्रेष्ठ ०३६ सालको विद्यार्थी आन्दोलनबाट अगाडि आएका हुन् । उनले औषधि व्यावसायी समेत गरे ।
हरिगोविन्द श्रेष्ठ यसअघि पार्टीको जिल्ला कमिटी सदस्य थिए । अहिले नगर अध्यक्ष छन् । अधिल्लो स्थानीय निर्वाचनमा उनी लूभुका गाविस अध्यक्ष समेत थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : २० बजे