११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु




१० चैत ०७८, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ मा बिहीबार मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक गुल्मीको धुर्कोट गाउँपालिका घर भइ हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने २३ वर्षीय मनोज थापा छन् ।
लु ३८ प ४१४४ नम्बरको स्कुटर र लु ७० प ६०१६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना १ क ४१४६ नम्बरको क्याम्पस बसमा स्कुटर ठोक्किन पुगेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी साधन सहित मोटरसाइकल र बस चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । न्युज कारखाना

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।