११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई वर्षमा ४ अर्बको मास्क नेपाल भित्रियो



११ चैत्र ०७८, काठमाडौं । नेपालमा कोरोना महामारी सुरु भएपछिको दुई वर्षमा ४ अर्बको मास्क नेपाल भित्रिएको छ । महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो । पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । नेपालमा बंगलादेश, चीन, हङकङ, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, म्यानमार, सिंगापुर, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, युनाइटेड अरब इमिरेट्स, अमेरिका, मियतनाम लगायतका देशबाट फेस मास्क आउने गरेको छ ।

भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ । कोरोना महामारी विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । कोरोना नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग गर्न नेपालमा पनि स्थानीय प्रशासनले आदेशहरु जारी गरेका थिए । मास्को प्रयोगलाई अनिवार्य गरेपछि नेपालले मास्को आयात सुरु गरेको थियो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि फागुन मसान्तसम्म १ अर्ब ५ करोड ४० लाख २३ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको छ ।

सो मुल्यमा १२ करोड ९४ लाख ४ हजार ६१८ थान मास्क नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ३५ करोड ९८ लाख २ हजार १४४ थान र २७ हजार १७१ केजी मास्क नेपालले आयात गरेको थियो ।आर्थिक वर्ष २०७६÷७७ ९चैतदेखि असारसम्म० मा नेपालमा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी मास्क भित्रिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।