११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पुरुषमाथि पनि लैंगिक हिंसा




११ चैत ०७८, काठमाडौैं । लैङ्गिक समानता र राष्ट्रिय मापदण्ड सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा महिलामात्र नभएर पुरुषमाथि पनि हुने गरेको बताएका छन् । काठमाडौं बिहीबार र शुक्रबार चलेको दुई दिने लैङ्गिक समानता र राष्ट्रिय मापदण्डसम्बन्धी गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।
विश्वभरका सात सय युनियनहरूको छाता युनियन पब्लिक सर्भिस इन्टरनेसनलले गरेको सो गोष्ठीमा नेपालभित्रका नौवटा युनियनका व्यक्तिहरू सहभागी थिए ।
कार्यशालामा लैङ्गिक हिंसा, सी १९० के हो र लैंगिक हिंसा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
सो क्रममा लैंगिक हिंसा महिलामाथि मात्र नभएर पुरूषमाथि नि दुर्व्यवहार हुने गरेको सहभागीले बताएका हुन् ।
उनीहरुले दुर्व्यवहारसम्बन्धी नयाँ नयाँ स्वरूपहरू आएका भन्दै सामाजिक सञ्जालमार्फत् पनि दुर्व्यवहार बढिरहेको बताए । कार्यक्रममा पब्लिक सर्भिस इन्टरनेसनलका एसिया प्यासिफिक महासचिव रामन कान्नन, बन्दना शर्मा, तिलकजङ्ग खड्का, राधिका कुइँकेल, मञ्जु थापामगर, कमला कुइँकेललगायतले आआफ्नो धारणा राखेका थिए । न्युज कारखाना

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।