
१२ चैत्र ०७८, काठमाडौं । शुक्रबार राति कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका– १० पहलवानपुरस्थित पूर्व पश्चिम राजमार्गमा से६प ८५०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोडाघोडी– ९ का २० वर्षीय तपेन्द्र बुढाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।त्यस्तै मोटरसाइकल पछाडि सवार घोडाघोडी– ९ कै १५ वर्षीय अभिषेक खड्का र २१ वर्षीय किरण बुढा सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।







प्रतिक्रिया