११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मागभन्दा तीन गुणाबढीले दिए म्यादी प्रहरीका लागि आवेदन



१२ चैत्र ०७८, काठमाडौं ।सप्तरीमा मागभन्दा तीन गुणाबढीले दिए म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ९ हजार ४ सय २४ जनाले आवेदन दिएका छन् । जसमध्ये पुरूष ८ हजार ७ र महिला १ हजार ४ सय १७ जना छन् । सप्तरीमा ३ हजार ३९ जना म्यादी प्रहरीको कोटा छ। लिखित परीक्षामा जिल्लाको स्थानीय तह संख्या, भौगोलिक सिमाना, मठमन्दिर, झरना, खोला तथा ऐतिहासिक र पर्यटकीय क्षेत्र, सरकारअन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीयलगायतका बिषयमा सोधिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय तह निर्वाचन मितिलगायत सामान्य जोड घटाउ र अङ्ग्रेजीतर्फ महिना तथा बारलगायतका कुराहरू साथै नेपाली राष्ट्रिय चिह्न र राष्ट्रिय गान सम्बन्धमा पनि सोधिने छ।स्थानीय तह निर्वाचन २०७९ का लागि प्रहरी प्रधान कार्यालयले ६ चैतदेखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको थियोे ।निर्वाचनका लागि देशभरबाट १ लाख म्यादी प्रहरीको माग गरिएको हो ।आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा दिइने जनाइएको छ ।भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० रुपयैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । रकमबाहेक हरेक म्यादी प्रहरीलाई खाद्यान्नबापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।