१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता



१३ चैत्र ०७८, काठमाडौं । तीन दिने नेपालमा भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किका छन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हो यान्छी तथा परराष्ट्र मन्त्रालय र दूतावासका अन्य अधिकारीले बिदाइ गरे ।

नेपाल भ्रमणको क्रममा मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गरेका थिए ।

भेटका क्रममा दुईपक्षीय सहयोग आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर भएको छ । चीनले नेपाललाई ६० करोड एमआरबी ९११ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।