१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु



 

१५ चैत ०७८, काठमाडौं । झापाको बुद्धशान्ति गाँउपालिका–१ पुलचोकमा सोेमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।