१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु



स्केजः कोपिला दुलाल

१६ चैत्र ०७८, काठमाडौं । आज बिहान करिब चार बजे कास्कीको पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।ट्रक र ट्रक चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।