९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मीको साथ




१८ चैत्र ०७८, काठमाडौं । तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पियन दिपक विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धनगढी निवासी ओलम्पियन विष्टले आफ्नै गृहक्षेत्रमा भइरहेको अवार्डसँग जोडिएको बताए । उनले अवार्डलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्रो संस्करणको अवार्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५(३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘

सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बैशाख ३० गते हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरी एक नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै उहाँले भन्नुभयो–स्थानीय निर्वाचनमा दुई तिहाई बढी सिट ल्याएर बिजयी हासिल गर्नेछ । उहाले पार्टी प्रबेशको लहर चलेपछि पाचदलीय गठबन्धन डराएको बताउनुभयो ।

यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरेपनि एमालेको दबाबको कारण नरोकिएको बताउनुयभो । ‘अब कसैले चाहेर पनि रोकिदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस–पुर्वमत्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो । उहाले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाउनुभयो । नेकपा एमालेमहानगर कमिटिका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाट ब्यापक प्रचारमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश पुर्वमन्त्री एवं सांसद जीवन खड्का, एमाले वागमती प्रदेश सदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगर सहित सबै वडामा एमालेको जित सुनिश्चित भएको बताउनुभयो । सबैको एउटै भनाई थियो– ललितपुर जिल्ला एमालेको लाल किल्ला हो, आजैबाट सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लागौ, सबै मतदाताको घरघरमा जाऔ । कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो ।

सोही कार्यक्रममा सातवटा टोल कमिटिका अध्यक्ष सहित पदाधिकारी र सदस्यको सपथग्रहण गरिएको थियो । निर्वाचन लक्षित टोल कमिटी गठन भएपछि सोहीअनुसार प्रचार लगायत क्रियाकलाप हुनेछ । सातवटा टोल कमिटिको अध्यक्षहरुमा थानागाउका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ ९गोपाल०, पाखागाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगरगाउका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई जिल्ला इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य शुशिला नेपालले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो । १८ नम्बर वडा कमिटीका अध्यक्षगोपाल डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा उहाले आजैबाट पार्टी जिताउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ४३ बजे