१८ चैत्र ०७८, ललितपुर । दक्षिण ललितपुर गिम्दीकी १४ वर्षिय अनुसा घरमै बनेको कपडाको पुःन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दछिन । महिनावरी भएको बेला पोषिलो खाना खाने, प्रशस्त आराम गर्ने तथा घरमै कपडाको पुःन प्रयोग गर्न मिल्ने प्याडको शिक्षा र शिप उनकी आमा सिता दुलालले दिएकी छिन् । एक छोरी र एक छोराका आमा सिता भन्छिन् ‘महिलाहरुको लागि भनेर सुरक्षित महिनावारी तथा पुन प्रयोग गर्न मिल्ने प्याड निर्माण सम्बन्धि तालिमपछि हामीले त्यही सिप र ज्ञान हाम्रो छोरीहरुलाई दियौँ ।’
गैरसरकारी संस्था परिवर्तनका लागि सहकार्य नेपालले महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत नारायणी महिला समूहका, गिम्दी बाग्मती गाउँपालिका ७ का १२ जना महिलाहरुलाई सुरक्षित महिनावारी तथा पुःन प्रयोग गर्न मिल्ने प्याड सम्बन्धि ३ दिने तालिमपछि स्थानीय महिलाहरुले लाभ लिइरहेका छन् । उक्त संस्थाले आफ्नै पहलमा गतफागुन १३ र १४ गते १ जना महिला तथा १२ जना किशोरीहरुलाई १ दिने तािलम प्रदान गरेको थियो । तािलम पश्चात ती महिला तथा किशोरीहरु समाजमा अन्य महिला तथा किशोरीहरुमा जनचेतना फैलाउने कार्य गरिरहेको छन् ।
अनुसा महिनावारी हुदा आँफुलाइ थाहा नभएको कुरा आमासँग सल्लाह लिने गरेको बताउछिन् । उनी भन्छिन्,‘बिद्यालयमा आफ्नो साथिहरुलाई पनि पुन प्रयोग गर्न मिल्ने प्याडको फाइदाहरु बताइ साथिहरुलाइ यस्तै प्याड प्रयोग गर्न सल्लाह दिन्छु ।’
अनुसारका अनुसार महनावारी हँुदा लामो समयसम्म बजारमा पाइने सेनिटरी प्याडको र त्यसका असरहरु थाहा नभएको हुनाले लामो समयसम्म एउटै प्याड प्रयोग गरिराख्दो स्वास्थ्यमा विभिन्न समस्याहरु आइरहेका थिए । अब भने सिता र उनकी छोरी अनुसा सचेत भइसकेका छन् । महिनावारी हुँदा आफ्नो र आँफनो छोरीको राम्रो ख्याल गर्ने महिनावारी हुँदा आँफैले बनाएको प्याड प्रयोग गर्छन् ।
अनुसा मात्रै होइन बागमती गाँउपालिका ७ गिम्दी कटुवाकी रमा विःक प्याड बनाउने तालिम लिनुभन्दा अगाडी महिनावारी हुदा आफूले धेरै समस्या भोगेको बताउछिन् ।
पहिला महिनावारी भएको समयमा घरमा छुटटै बस्नु पर्ने, भान्छामा छुन नहुने आदि कारणले धेरै समस्याहरु आएको उनी बताउछिन् ।
प्याड बनाउने तालिम लिइएपछि आफूमा आएको परिवर्तनबारे बेलीविस्तार लगाउदै विक आफूले लिएको तालिम मेरो छोरीहरुलाइ सिकाएको बताउछिन् । भन्छिन्,‘ अहिले म महिनावारीको बारेमा खुलेर कुरा गर्न सक्ने भएकी छु ।’
गिम्दी मगरगाँउकी अरिता तुम्सिङ पनि महिनावारी हुदा घरमा भएका पुराना कपडाहरु प्रयोग गर्थे गरेको बताउछिन् । उनी भन्छिन्,‘ त्यो कपडा ६ ÷६ घण्टामा प्रयोग गरेको कपडा फेर्नु पर्छ भन्ने थाहा थिएन त्यसैले इन्फेक्सन हुन्थ्यो ।’ प्याड बनउन सिकेपछि आफूले धेरै राहत पाएको उनको भनाई छ । भन्छिन्, ‘अहिले धेरै सझिलो भएको छ ।’
गिम्दी सुवानेकी विष्णु मायाँ लो भने स्कुल जाँने समयमा स्कुलमा प्रयोग गरेको प्याडहरु प्फ्याक्ने ठाँउ नभएले एउटै प्याड लामो समयसम्म प्रयोग गर्थे र त्यसले गर्दा घाउ खटिराहरु आँउने र मस्याहरु भोग्नु परेको बताउछिन् । भन्छिन्,‘मैले प्याड बनाउनसँगै आफू सुरक्षित हुन सिके ।’
असुरक्षित महिनावारीले महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्यमा गहिरो नकारात्मक प्रभावहरु पर्न सक्दछ । तसर्थ बेलैमा सावधानी अपनाउन जरुरी छ । गाउँघरमा बजारका प्याड बिरलै पाइने, त्यसमाथी पनि महँगाईले गर्दा प्याड प्रयोग गर्न पनि नसकिने अवस्था । फेरी भौगोलिक विकटताका कारणले गर्दा सबैको मुख्य बजारसम्म र स्वास्थ्य चौकीसम्म पहुँच नहुन पनि सक्छ । लामो समय बजारको सेनेटरी प्याड नर्फेनाले महिलाको योनीमा संक्रमण फैलँदै जान्छ र पछि गएर प्रजनन स्वास्थ्यमा गम्भिर असरहरु पर्न जान्छन् । यति मात्र नभई प्याड व्यवस्थापन गर्न सकिएन भने, वातावरण प्रदुषण र हैजा जस्ता रोगहरु फैलन सक्दछन् ।
प्रतिक्रिया