११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रचण्डले भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै




 चैत १९ गते काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ ।जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।