३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु




२० चैत ०७८, भरतपुर । भरतपुर महानगरपालिका ७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर १५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकलको ठक्करबाट ठेलागाडामा दूध बोकेर प्रेमबस्ती चोकतर्फ आउँदै गरेका भरतपुर–७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् ।
उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटर रोकेर आडैमा बसेकी स्कुटर चालक भरतपुर–७ कि गिता पौडेल सामान्य घाइते भएकी छन् । न्युज कारखाना

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।