११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अन्धाधुन्ध गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु



फाइल तस्बिर

२१ चैत ०७८, काठमाडौं । आइतबार अन्धाधुन्ध गोली चल्दा अमेरिकाको क्यालिफोर्नियास्थित साक्रामेन्टो सहरमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।सीएनएनका अनुसार यो घटनामा परी थप १२ जना घाइते भएका छन्। क्यालिफोर्नियाको प्रहरीले दिएको जानकारीअनुसार सहरको १० औं र के स्ट्रिटमा यो घटना भएको हो। स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त घटना भएको हो।प्रहरीका अनुसार घटनामा परी घाइते भएका १२ जनाको अहिले उपचार भइरहेको छ।

साक्रामेन्टो प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार मृत्यु हुनेमध्ये ३ जना पुरुष र ३ महिला छन्। अहिले यो घटनामा संलग्न रहेको मानिसको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।यो घटनामा एकजनाभन्दा धेरै मानिसको संलग्नता रहेको पुष्टि भइसकेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।