११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



२१ चैत ०७८, काठमाडौं । गए राति मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । बूढीगंगा गाउँपालिका–२, टंकीचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१९, खनारका २२ वर्षीय अनिश कार्कीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मोरङस्थित विराट मेडिकल कलेजमा आइतबार राति पौने १० बजे मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको जहदा गाउँपालिका–४ का २१ वर्षीय सुमन राजवंशी र विराटनगर महानगरपालिका–११ का १८ वर्षीय रोनिस दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ । तीनजना सवार को १७प ७६७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय नेमुवाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।