३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा एमाले पार्टी प्रवेश गर्नेको लर्को




२१ चैत ०७, ललितपुर । स्थानीय निर्वाचनको मिती नजिकिएसँगै ललितपुर महानगरमा नेकपा एमालेमा प्रवेश गर्नेको लर्को देखिएको छ ।
गत २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरमा नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार निर्वाचनमा ३ सय मतको झिनो मनान्तरले पराजित भएका थिए ।
पछिल्लो समयमा एमालेमा जनताको आर्कषण देखिएसँगै महानगरमा एमालेले नेतृत्व लिने आकलन गरिएको छ ।
ललितपुर महानगरपालिकामा नेकपा एमाले प्रवेश गर्नेहरुमा सबैभन्दा बढी संख्या वडा नं ९ रहेको छ । जहाँ पाँच सयभन्दा बढी एमालेमा आवद्ध भएका छन् । यसैगरी वडा नं १ करिब ५५ जना, वडा २ मा ५० जना, वडा ३ मा ७० जना, वडा ४ मा ३ दर्जन, वडा ५ मा करिब ४० जना, वडा ६ मा १ सय जना भन्दा बढी एमाले प्रवेश गरेका छन् ।
यसैगरी वडा नं. ७ मा करिब १५० जना, वडा ८ मा २५० जना, वडा १० मा ६५ जना, वडा ११ मा २५० जनाभन्दा बढी, वडा १२ मा २०० जना, वडा १३ मा १०० जना, वडा १४ मा ३०० जनाभन्दा बढी, वडा १५ मा २५० जना, वडा १६ मा ९० जना, वडा १७ मा २०० जनाभन्दा बढी एमाले प्रवेश गरिसकेका छन् ।
महानगरकै वडा नं १८ मा १२० जना, वडा १९ मा ३५० जना, वडा २० मा ११० जना, वडा २१ मा १५० जना, वडा २२ मा ६० जना, २३ र २४ गरी १३० जना, वडा २५ मा ५ दर्जन, वडा २६ मा ५५ जना, वडा २७ मा ४० जना, वडा २८ मा ५० जना र वडा २९ मा ५० जनाभन्दा बढी औपचारिक रुपमा एमाले प्रवेश गरिसकेका छन् ।
२९ वटा वडा रहेको ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी, विवेकशील साझा लगायतका पार्टीबाट करिब ४ हजार नेता, कार्यकर्ता तथा सुभेच्छुक एमाले प्रवेश गरिसकेका छन् । यसैगरी अन्य पार्टीमा आवद्ध हजारौं नेता, कार्यकर्ता र सुभचिन्तकहरु एमाले प्रवेश गर्न तयारी रहेको ललितपुर एमालेले जनाएको छ ।
प्छिल्लो समय महानगरभित्र बेथिति मौलाउदै गएकाले र महानगरमा प्रचारात्मक बाहेक केही काम नभएको भन्दै महानगरका एमाले कार्यकर्ता यस बर्ष व्यञ्जनकार निर्वाचनमा जित बताउन थालेका छन् । यद्यपी एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र मञ्जली श्रेष्ठमध्ये को मेयर पदको टिकट पाउने निश्चित भने भइसकेको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।