३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोरङमा ४८ वर्षीया महिला बलात्कार गरेको आरोपमा जना पक्राउ



२४ चैत्र ०७८,काठमाडौँ । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् ।

उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।