९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको वागमती गाँउपालिका अध्यक्ष उम्मेदवारमा नेकपा एमालेका ६ जनाको नाम सिफारिस




२८ चैत्र ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका अध्यक्ष उम्मेदवारमा नेकपा एमालेका ६ जनाको नाम सिफारिस गरिएको छ । आइतबार बसेको गाँउपालिका कमिटीको बैठकले नाम टुंगो लगाउदै जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
गाँउपालिका कमिटी अध्यक्ष नवराज संजेलका अनुसार पालिका कमिटी अध्यक्ष नवराज संजेल, स्थानीय नेताहरु नारायणप्रसाद तिमल्सिना, साजन दलार्मी मगर, तिलकबहादुर भुलुन, ठाकुरमान लामा र रमा चौलागाई रहेका छन् । उपाध्यक्षतर्फ वासना लामा, भवानी बजगाँई, मीन रुम्बा,शर्मिला तामाङ र नमूना दोङ रहेका छन् ।
यस पालिकामा गएको स्थानीय निर्वाचनमा एमालेले ३ वडामा विजयी भएको थियो भने पालिका अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसको पोल्टामा परेको थियो ।
यस पल्ट वागमतीबाट पार्टीका पालिका अध्यक्ष सञ्जेल र वडा नं. ५का वडाध्यक्ष साजन दर्लामीको चर्को दावी छ । दर्लार्मी पालिका अध्यक्षमा सञ्जेललाई ल्याउन सहयोग गरेकोमा स्वभाविक पालिका अध्यक्षको उम्मेदवारी आफूले पाउने बताउछन् । भने सञ्जेल पालिकाको टिकट आफूले पाए जित्ने भन्दै आफ्नो दावी प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ४९ बजे