३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जापान जान लागेकी युवतीकाे झाेलामा गाेली, विमानस्थलबाटै पक्राउ



२८ चैत ०७८, काठमाडौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित तनहँ भानु नगरपालिका–७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईनसको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।