९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको भारदेउमा आगलागीपछि ७२ बर्षिया बृद्धाको मृत्यु




१ वैशाख ०७९, ललितपुर । ललितपुरको भारदेउमा बुधबार राती विद्युत सर्ट भएर आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमका इन्सपेक्टर दिपकप्रसाद रिजालका अनुसार १० राती आगलागी कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ बस्ने जयबहादुर लोप्चनको घरको पहिलो तलाबाट आगो फैलदा ७२ बर्षिया ७२ वर्षीया कान्छीमायाँ लोप्चनको मृत्यु भएको हो ।
उनका अनसार बृद्धा लोप्चन आफै खाना बनाएर खाने र पहिलो तलामा बस्ने हुँदा आगो कसरी फैलियो भन्ने थाहा हुन सकेन । पहिलो तलामा बस्ने अन्य परिवारको सदस्यले राती १० बजे व्युँजदा आगो फैलिसकेको र बृद्धा लोप्चनको मृत्यु भइसकेको थियो ।
उनको शव विहीबार विहान पाटन अस्पतालमा पोष्ट मार्टमपछि अन्तयेष्टि गरिएको इन्पेक्टर रिजालले बताए ।
घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुनसक्ने प्रहरीको आकलन छ ।
आगलागीपछि गरगहना लत्ता कपडा र अन्नपात समेत जलेर नष्ट भएको छ । प्रहरीका अनुसार १५ लाख भन्दा धेरै धनमाल नष्ट भएको अनुमान गरिएको छ । दमकल जान नसक्ने स्थानमा आगलागी भएकाले स्थानीय र प्रहरीको सहयोगमा रातको १ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ३७ बजे