९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको प्युटार जंगलमा भिषण आगलागी




३ वैशाख ०७९, काठमाडौं । दक्षिण ललितपुरको प्युटार जंगलमा भिषण आगलागी भएको छ ।
आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार विहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौं घरहरु जोखिममा परेका हुन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन ।
प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जान समेत समस्या छ । जंगलभीर भीर भएकाले पानी लगेर निमाउन समेत सकिने अवस्था छैन । उनले भने, ‘स्थानीयले रुखका स्याउलाले आगो निभाइरहेका छौं । चारैतिर आगो र धुवाको मुस्लो आइरहेकाले हामी अन्यौलमा छौं ।’ निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए ।
आगो फैलदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडाआदी गाँउमा २ सय ५० घरमा बाँडिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ ।
खानेपानी उपभोक्ता समितीका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन । उनले भने, ‘पाइप जलेपछि अहिले पानी बन्द भएको छ । जंगलमा आगो लागेको छ । गएर हेर्न सकिने अवस्था छैन ।’
स्थानीय प्रकाश लामाका अनुसार आगलागीबाट पाइप जल्दा २ सय ५० घरमा पानी बन्द भएको छ । उनले भने, ‘खैरेनी प्युटार धनडाँडा र फुर्केडाँडामा स्थानीयलाई पानीको समस्या छ ।’
शुक्रबार ३ वटा घर नजिक आगो पुगेको र प्रहरी र स्थानीयले निभाएर नियन्त्रणमा लिएको उनले बताए । आगो पहिले प्युटार क्षेत्रबाट आश्राङको जंगलतिर फैलिएको छ । आश्राङको जंगलमा सुकेको खरहरु भएकाले आगो द्रुत गतिमा फैलन सक्ने र पुरै गाँउ जोखिममा रहेको प्रहरी सहायक हवल्दार वेदनाथले बताए ।

 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : १८ बजे