९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा उम्मेदवार छान्न एमालेद्वारा अन्तर्रवार्ता सुरु



५ वैशाख ०७८, ललितपुर । नेकपा एमाले ललितपुरले उम्मेदवार छान्न अन्तवार्ता लिन सुरु गरेको छ ।
आइतबार पार्टी कार्यालयमा दक्षिण ललितपुरको कोञ्ज्योसोमका पालिका अध्यक्षमा आकाक्षा राख्ने ३ जना कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा र उपाध्यक्षमा आकाक्षा राख्ने २ जना रनिता तामाङ र सुनिता तामाङको अन्र्तवार्ता लिएको हो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जिल्लालाई उम्मेदवार सिफारिस गर्न सहजिकरणका लागि क्षेत्र नं. १ मा ४ जनाको कार्यदल बनाएर छलफलका लागि बोलाएको बताए । उनका अनुसार चार सदस्यीय कार्यदलका संयोजक नेता मधुसुधन पौडेल छन् भने सदस्यहरुमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल रहेका छन् ।
उनले भने, ‘संस्थागत र विधिवत प्रकृयाबाट उम्मेदवार सिफारिस गर्नका लागि हामले कार्यदल बनाएका हौं । उपयुक्त व्यक्तिहरुलाई हामी छिट्टै सिफारिस गछौं ।’
पालिकाका अध्यक्षका आकाक्षी कृष्णमान लामाले जिल्लाले छलफलमा बोलाएको बताए । उनले भने, ‘पार्टीले हामीसँग छलफल गरेको छ ।’
महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईले आफूहरुलाई पनि अन्र्तवार्ताका लागि पार्टीले बोलाएको बताए । उनले भने, वागमती गाँउपालिकालाईविहान र माहाँकाल गाँउपालिकाका आकाक्षीलाई दिउँसो बोलाइएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ४९ बजे