४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धनगढीमा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ



५ वैशाख ०७९, काठमाडौं।  १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

सोही आरोपको आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।