९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

६ वैशाख ०७९, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । उनीहरूले पछिल्लो दुई वर्षमा ६६ करोड ७९ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा न्युरोडमा व्यवसाय गर्ने २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दीपेश थापा र २७ वर्षीय राहुल चचान छन् ।पक्राउ परेका मिश्र सन् २०२१ देखि क्रिप्टो कारोबारमा संलग्न रहेको र यसबीचमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।