१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हावाहुरी र पानी पर्दा दिउँसै अन्धकार



७ वैशाख ०७८, पोखरा । पोखरामा मंगबार पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो । पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ । वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन ।यस्तै दिउँसो परेको पानीका कारण बढदो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२।३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९।४ सेल्सियस मापन गरिएको छ । २०६७ सालमा बैशाख २९ गते पोखरामा दिउँसै अध्यारो भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।