९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा तोकियो स्थानीय निर्वाचन कार्यालय र मतगणना स्थल



८ वैशाख ०७९, ललितपुर । ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।
ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नं. २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ भने दक्षिण ललितपुरको वागमती गाँउपालिकाको निर्वाचन अधिकृतको कार्यालय भट्टेडाँडा छपेलीस्थित नवनिर्मित प्रशासनिक भवनमा कार्यालय स्थापना भएको छ ।
महाँकाल गाँउपालिकाकोकार्यालय गोटिखेलस्थित वडा नं. ३ मा कार्यालय खडा गरिएको छ । कोञ्ज्योसोम गाँउपालिकाम भने चौघरेस्थित पहिले भएको पुरानो गाँउपालिकाको कार्यालयपरिसरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।
तोकिए मतगणना स्थल
जिल्ला निर्वाचन कार्यालयले ललितपु्रको सवै पालिकामा हुने मत गणना स्थल समेत तय गरेको छ ।
ललितपुर महानगरको मतगणना जावलाखेलको स्थानीय प्रशिक्षण भवनमा मत गणना हुने भएको छ । गोदावरीको कुस्ले चौरस्थित वडा नं. ११ मा रहेको वडा कार्यालय, महालक्ष्मी नगरमा इमाडोलस्थित महेन्द्र आर्दश माविमा मत गणना हुदैछ ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकाको छपेलस्थित प्रशासकीय भवनमा मतगणना गरिनेछ भने महाँकाल गाँउपालिकाको गोटीखेलस्थित महाँकाल माविमा मत गणना गर्ने कार्यक्रम छ । कोञ्ज्योसोम गाँउपालिकाको बाघभैरव माविमा मतगणना गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : ३७ बजे