३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ




११ वैशाख ०७९, जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाइ ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् ।
सनिवार विहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ बर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।