९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


म्यादी प्रहरीको रहस्यमय मृत्यु




१६ वैशाख ०७९, हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको रहस्यमय मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका ६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।