३ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकासहित देशभर वर्षा



फाइल तस्बिर

१७ वैशाख ०७९, काठमाडौं । काठमाडौंसहित देशभरजसो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। वर्षाका साथ चट्याङ र हावाहुरीको पनि सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि चितवन, नवलपरासी आसपास चट्याङसहित वर्षा भइरहेको छ। काठमाडौंमा भने तत्काल पानी परिसकेको छैन।
आज काठमाडौं उपत्यकामा पनि वर्षासँगै चट्याङ र हावाहुरीको पनि सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समतल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ।

०७९ बैशाख १७ गते (शनिबार)

दिउँसो : देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एक- दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।