३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वडाध्यक्षका उम्मेदवार भन्छन्, ‘जिते भने वडामा सित्तैमा फोटोकपी गर्दिछु’




१७ वैशाख ०७८, चापागाँउ । ललितपुर गोदावरी नगरपालिकाको  वडा नम्बर १० का दावेदार प्रकास केसीले आफूले निर्वाचनमा विजयी भएको खण्डमा वडामा फोटोकपी र प्रिन्ट सित्तैमा गर्ने व्यवस्था मिलाउने बताएका छन् ।
खेलकुद पृष्ठभूमिबाट आएका केसी पछिल्लो समय समाजसेवामा सक्रिय रहेका छन् । उनले वडा कार्यालयमा होस् या नगर कार्यालयमा जाँदा भोग्नुपरेको समस्यालाई दृष्टिगत गर्दै वडावासिको हितमा हुने काममा तल्लिन हुने प्रतिवद्धता जनाए ।
वडा कार्यालयमा सेवाग्राहीलाई साना साना समस्या पर्ने गरेको बताउदै केसीले फटोकपी र प्रिन्ट सेवा दिन चाहेको बताए । भने,‘धेरै बजेट पनि चाहिन्न, एउटा कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसीन राखेर निशुल्क सेवा दिन सकिन्छ ।’
ब्यवसायी समेत रहेका केसीले धार्मीक पर्यटनका लागि भागावन डाँडामा हनुमानको मुर्ति र अन्र्तराष्ट्रिय रंगशालाबाट वडाले कर लिने व्यस्था गरेर आर्थिक उन्नतीतर्फ लाग्न सकिने बताए ।
वडामा न्यौपानेगाउँ सल्यान, खसीमारको बाटो, प्याङगाउँ, बोहोराटार हुँदै विष्टगाउँ, घ्याम्पेडाँडा, टौखेल सडक , बोहोराटार झरुवाराशी सडकको स्तरोन्नती आफ्नो विकाशको एजेण्डा रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।