१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


राजधानीका खुला स्थान र पार्क (तस्विरहरु)



१७ वैशाख ०७८, काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाँउ कहाँ होला ? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाँउ पनि छन ।


२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ । सरकारी र नीजि क्षेत्र शहरका खुला ठाँउ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन ।


पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढदै गइरहेको छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुटयाएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन ।


लामो बिदामा टाढा घुम्न जाने संस्कृती विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन ।


यिनै खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले खिचेको प्रतिनिधि तस्बीरहरु आजको फोटो फिचरमा ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : ५७ बजे