१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


इतिहाँस सम्झाउने उपत्यकाको नेवारी बस्तीहरु (तस्विरहरु)



खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती ।

न्युज एजेन्सी नेपाल

२० वैशाख ०७९, काठमाडौं । बढदो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुराात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ ।

 

ललितपुरको बुङमतीमा देवताको नाममा बनाइएको ऐतिहासिक पुरातात्विक पोखरी ।

ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृती र मानव सृजित बिभिन्न हन्डर–ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तश्वीरमा कैद गर्ने कोशिस गरेकाछौं ।

किर्तिपुरमा मसला पिस्दै महिलाहरु ।

यसैलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर खिचिएको तश्वीरहरु । यी तश्वीरहरुमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतीलाई देखाउन खोजिएको छ ।

ललितपुरको बाँडेगाँउ ।
भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार ।
भक्तपुरको एक घरको झयालमा बसेकी महिला ।
हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा ।
खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ ।

 

किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला ।
लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ ।
च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु ।
ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ ।
ठेचोमा हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : २४ बजे