२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फेरि प्युटारमा नेपाली काँग्रेसका दर्जनौं कार्यकर्ता एमाले प्रवेश




२१ वैैशाख ०७८, ललितपुर । स्थानीय निर्वाचनको पुर्वसन्ध्यामा दक्षिण ललितपुरको प्युटारका नेपाली काँग्रेसका दर्जनौं कार्यकताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमालेबाट वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सासंद चेतनाथ सञ्जेलले आफ्नो सभापतित्वमा ७१ जनालाई पार्टी प्रवेश गराएको जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा मओवादी केन्द्रका जिल्ला नेता राजकुमार घिमिरे समेत छन् । उनले भने, ‘नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि तीर्थकुमारी सापकोटा,क्षेत्रीय प्रतिनिधि तथा तरुण दल जिल्ला सदस्य निकेश लामा तथा ८२ वर्षीय काङ्ग्रेसका पुराना हस्ती इन्द्र बहादुर घले लगायत ७१ जना मंगलबार एमाले प्रवेश गरेका छन् ।’
केही समयअघि प्युटारमा काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष नारायण घलेसहित ७५ जना काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
सासंद सञ्जेलले भने, ‘दक्षिण ललितपुरमा एमालेमा लहर आएको छ । यस पल्ट वागमती गाँउपालिका हामीले जित्दैछौं ।’
स्थानीय निर्वाचनका क्रममा वागमती गाँउपालिकाबाट नवराज सञ्जेल पालिका अध्यक्षको उम्मेदवार छन् ।
यहाँ नेपाली काँग्रेसका विरबहादुर लोप्चन माओवादी केन्द्रको साथ लिएर अध्यक्षमा उम्मेदवारी दिएका छन् । लोप्चन पनि प्युटारकै स्थानीय बासिन्दा हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।