२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर महानगरमा समाजवादीका महर्जन र स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी




२ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा (एकीकृत समाजवादी) कै श्रीगोपाल महर्जन विजयी भएका छन् । हाल ४, ५ र ६ को गणना जारी छ ।
हालसम्मको मत परिणामअनुसार महानगरको प्रमुखमा चिरीबाबु महर्जनको अग्रता कायम छ । महर्जनले चार हजार ७३० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ७ सय ४४ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य (आस्था) ले दुई हजार १ सय ४६ मत ल्याएर अग्रता कायम राखेका छन् । नेकपा माओवादीका बाबुराज शाक्यले एक हजार ५५४ मत ल्याएका छन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।