६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर वागमतीका एमाले उम्मेदवार नवराजले दिए आफैलाई हराउने लोप्चनलाई अंगालो हालेर बधाई




ललितपुर खबर
४ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाका नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले आफूलाई पराजित गर्ने गठबन्धनका उम्मेदवार विरबहादुर लोप्चनलाई अंगालो हालेर बधाई दिएका छन् ।
ललितपुरको भट्टेडाँडामा बुधबार विहान मतगणनाको नतिजा सार्वजनिक भएलगत्तै उममेदवार सञ्जेलले बधाई दिएका हुन् ।
उनले आफू गाँउपालिकाको अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जालमा निर्वाचन एक निरन्तर चल्ने प्रकिया भएको र मैदानमा उत्रिएपछि जित हार हुने निश्चित नै प्रतिकृया दिएका छन् ।
निर्वाचनमा बागमतीबासीको अपार माया र प्रेम पाएको बताउदै उम्मेदवार सञ्जेलले उत्साहजनक मत पाएको र आगामी ५ बर्ष हामी यही मतको कदर गर्दै सम्पूर्ण जनतालाई सक्दो सेवा पु¥याउने बताएका छन् ।
उम्मेदवार सञ्जेलले वागमती ७ गिम्दीबाट विजय प्राप्त गर्ने होमप्रसाद बजगाईलाई पनि अंगालो हालेरै बधाई दिदै खुशी साटेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।