५ जेठ ०७९, काठमाडौं । अभिनेता पल शाह प्रकरणमा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालतले जनाएको छ ।
अदालतका अनुसार अब अर्को हप्ताको बिहीबार मुद्दामा सुनुवाइ हुनेछ ।
नाबालिग बलात्कार गरेको अभियोगमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा थिए ।
उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।
प्रतिक्रिया