
७ जेठ ०७९, ललितपुर । ललितपुर महानगरको उपमेयर उम्मेदवारी सत्ता गठबन्धनका कारण नेपाली काँग्रेसको भागमा परेन । ललितपुर महानगरमा काँग्रेसको उपमेयर उम्मेदार नभएकै कारण एमालेको उम्मेदवार मञ्जली शाक्यलाई फाइदा भएको प्रारम्भिक नतिजाले देखाएको छ ।
सत्तागठबन्धनको निर्णय अनुसार नेकपा माओवादीका उम्मेदवार वावुराज बज्राचार्य अघि बढे । पछिल्लो मतगणनामा ललितपुर महानगरका सत्तागठबन्धनका मेयरका चिरिवावु महर्जनले २३ हजार ३ सय ६ मत पाउँदा गठबन्धनकै उपमेयरका उम्मेदवार वावुराज बज्राचार्यले १४ हजार १ सयभन्दा धेरै कम ९ हजार १ सय ६५ मत पाएका छन् ।
तथ्याङ्क विश्लेष्ण गर्दै ललितपुरका माओवादी केन्द्रका नेताहरु महानगरमा गठबन्धन धोका भएको बताएका छन् । उनीहरुले मेयरमा चिरिबाबु महर्जनलाई मतदान गर्नेहरुले वावुराज बज्राचार्यलाई मतदान नगरेको भन्दै चित्त दुखाएका छन् ।
एमालेकी उम्मेदवार मञ्जली शाक्यको १३ हजार ३ सय ३७ मत पाएको अवस्थामा एमालेकै मेयर उममेदवार हरिकृष्ण व्यञ्जनकारको मत१३ हजार ३ सय ९८ रहेको छ । एमालेका उम्मेदवारहरुको झण्डै बराबर मत रहेको अवस्थामा एमालेको मत अन्त कतै गएको देखिदैन ।
केही मत उपमेयरका स्वतन्त्र उममेदवार अजरमान जोशीलाई गएको अनुमान छ । उनले ३ हजार ८ सय ३८ मत पाएका छन् । उता राप्रपाका मेयर उम्मेदवार अष्टबहादुर महर्जनले २ हजार २ सय ८७ मत पाएको अवस्थामा उपमेयरकी उम्मेदवार स्पर्णिमा ३ हजार ८ सय ४६ मत पाएको देखिन्छ । यो मतान्तर विश्लेषण गर्दा काँग्रेसको केही मत स्वर्णिमातर्फ मोडिएको अनुमान गर्न सकिन्छ । उम्मेदवार नभएको अवस्थामा नेपाली काँग्रेसको रुख चिन्हमा भोट हाल्नेहरु ६ हजारभन्दा धेरै छन् । जव की गठबन्धनका उम्मेदवार वावुराज बज्राचार्यलाई उठाइएको छ ।
स्वतन्त्र उम्मेदवारहरु राजन खड्काले ५ सय ८२,सुबिन कुमार शाक्यले १ सय ९७,रत्न ब्यञ्जनकारले १३४,जानकी प्रधान १ सय २७ र ममिता श्रेष्ठ १सय ३ मत पाएका छन् ।
उपमेयरका उम्मेदवार अजरमान जोशी स्वतन्त्र हैसियतले उम्मेदवार हुँदा आफ्नो समाजसेवा रप्रभावका कारण यो मत आएको बताउछन् । उनी भन्छन्, गठबन्धन भनेर मात्रै अहिलेको समयमा सबैले भोट नदिने उनको भनाई छ । उनी भन्छन्, ‘अहिलेका जनता बुझ्ने भइसकेका छन् । कसलाई भोट दिने भन्नेमा जनताले निर्भिक भएर निर्णय गर्ने गरेका छन् ।’ जोशीले गठबन्धनभन्दा बाहिरबाट पनि आफूलाई मत आएको बताउछन् ।








प्रतिक्रिया