८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मनोज पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद



९ जेठ ०७९, काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । अनुसन्धानका लागि अदालतले सोमबार ५ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।