२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


 उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १९ सय १६ चालकमाथि कारवाही



११ जेठ ०७९, काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारवाही गरेको छ ।

मंगलबार काठमाडौंं उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६१ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने २३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।