
२३ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर चोकस्थित श्रीनगर फेन्सी कपडा पसल र सोही ठाउँबाट एक महिलाको साथबाट मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महाबौद्ध बस्ने नुवाकोट मेगाङ गाउँपालिका–५ का २९ वर्षीय बिक्की अर्याल र काठमाडौं बागबजार बस्ने काभ्रे पाँचखाल नगरपालिका–४ का २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।
उक्त स्थानबाट शुक्रबार दिउँसो मोबाइल लुटपाट भएको थियो ।
अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्वर चोकबाट शंखमुलतर्फ जाने बाटोमा मोबाइल लुटपाट गर्ने बिक्की अर्याल तथा लुटपाट गरी ल्याएका मोबाइल छन् भनी जानाजानी मोबाइल खरिद गर्ने रामलाई लुटपाट गरेका ९ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।








प्रतिक्रिया