९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा एकैदिन २ हजार २ सयभन्दा धेरै सवारी चालकमाथि कारवाही



३१ जेठ ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २ सय २० जना सवारी चालमाथि कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १ सय ३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १ सय ९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ५९ बजे