९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गुण्डा नाइकेलाई भेटेपछि स्वयम्भूका डीएसपीलाई जिम्मेवारीबाट हटाइयो



३१ जेठ ०७९, काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेको पाइएपछि प्रहरी वृत्त स्वयम्भूका डीएसपी जिम्मेवारीबाट हटाइएका छन्। केसीलाई स्वयम्भू वृत्तको प्रमुखबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रवीन्द्र धानुकले केसीलाई जिम्मेवारीबाट हटाइएको बताए। उनको ठाउँमा अहिलेसम्म कसैलाई खटाइएको भने छैन।
गत आइतबार बिना जानकारी स्वयम्भूका डीएसपी मिलन केसीले गुण्डा नाइकेलाई भेटेको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया अघि बढाएको थियो।

परिसरका प्रमुख तथा एसएसपी सुदीप गिरीका अनुसार तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। गिरीका अनुसार परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : १६ बजे