९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा




३ असार ०७९, काठमाडौं । सरकारले गोदावरी फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो ।

वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

३ वैशाख ०७२ मा सर्वाेच्च अदालतले गोदावरी फूल्चोकी क्षेत्रलाई प्रचलित कानुनबमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न आदेश दिएको थियो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सीमानादेखि काभ्रेतर्फको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्नेगरी सोही जिल्लाको पनौती नगरपालिका १ र २ अन्तर्गत फूल्चोकी डाँडादेखि भर्याङ खोल्सी, साल्दुङ खोल्सी र ललितपुरको सीमानासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र संरक्षण वनमा पर्नेछ ।
त्यस्तै, गोदावरी नगरपालिका–४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्र अन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सीमासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र पनि संरक्षण वनमा पर्नेछ ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ५० बजे