२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चार लाख भारतीय रकमसहित विमानस्थलबाट युवक पक्राउ



३ असार ०७९, काठमाडौं । चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ।

नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद भएको हो। पक्राउ परेका पाण्डेलाई रकमसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, पठाइएको छ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।