८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मनसुन अझै देशभर फैलन सकेन, पूर्वी नेपालमा केन्द्रित




५ असार ०७९, काठमाडौं । नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ ।

बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।

मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन । पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ ।
आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।
वर्षाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ भने तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने ठानिएको छ ।
न्युज कारखाना

 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।