२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना



९ असार ०७९, काठमाडौं ।  काठमाडौं महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण (कुहिने र नकुहिने छुट्याउनुपर्ने) गर्नुपर्ने भएको छ।

काठमाण्डौ महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर (स्रोत)मै छुट्याउन आग्रह गरेको हो ।

फोहोरको वर्गीकरण नगरी एकैठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ जरिवाना हुने पनि महानगरले जनाएको छ ।  कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले त्यस्ता फोहोरका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले स्पष्ट पारेको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाइने महानगरले जनाएको छ ।

कुहिने र नकुहिने फोहोर एकैठाउँमा राखेमा प्रत्येक पटक ५०० रुपैयाँका दरले जरिवाना हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।